दफा ९४
खारेजी तथा बचाउ
(१) भन्सार ऐन, २०१९ खारेज गरिएको छ ।

(२) भन्सार ऐन, २०१९ बमोजिम स्थापना भएको भन्सार विभाग तथा भन्सार कार्यालयहरु यसै ऐन बमोजिम स्थापना भएको मानिनेछन्‌ ।

(३) भन्सार ऐन, २०१९ अन्तर्गत भएका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेका मानिने छन्‌ ।